Logo
Logo

रविले भने- रास्वपाबाट जितेका सांसद खराब परे फिर्ता बोलाउँछौं


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई पछि फिर्ता बोलाइने बताएका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले एक कोणसभालाई सम्बोधन गर्दै मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘म आज यो चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता गराएको ।’

साथै उनले रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको दाबी गरे । लामिछानेले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन । बोक्न पर्दैन, अहिलेसम्म बोकेका पनि छौं ।’

प्रतिक्रिया दिनुहोस्