Logo
Logo

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस


567
Shares

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।

“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्