Logo
Logo

सहकारी ठगीका दोषीलाई कारबाही गर्नुपर्छ: कुलमान


189
Shares

बुटवल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगीका दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-5.jpg

आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील राजनीतिक शक्ति भएको दाबी गरे । जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्न पार्टी स्थापना गरिएको उनले बताए ।

उनले तथाकथित ‘टेस्टेड’ दलहरू अब नयाँ नदेखिएको टिप्पणी गरे । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि देशभर लोडसेडिङ अन्त्य गरेको स्मरण गर्दै उनले अब समग्र क्षेत्रको ‘अँध्यारो’ हटाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताए ।

पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त तथा सहकारी ठगीका घटनाले किसान र विपन्न वर्ग मर्कामा परेको उल्लेख गरे । पीडितहरूको समस्या समाधानका लागि आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्नु आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्