Logo
Logo

नेपाली र चिनियाँ कामदारबीच झडप, सात जना घाइते


315
Shares

सिन्धुली । मरिण गाउँपालिका-४ सहानस्थित हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: kutakut.jpg

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार रहेका छन् । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवाल टाउकोमा चोट लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरू ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी पनि घाइते भएका छन् । उनीहरूको कान, टाउको, हात, छाती र मुखमा चोट लागेको बताइएको छ । सबै घाइतेको मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्