Logo
Logo

निर्वाचन सुरक्षाका लागि थप जगेडा फोर्स परिचालन गर्ने निर्णय


1.2k
Shares

काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुद र प्रभावकारी बनाउने निर्णय गरेको छ।

The current image has no alternative text. The file name is: aryal-2.jpg

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चार वटै सुरक्षा निकायबाट शीघ्र परिचालन गर्न सकिने गरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई त्रुटीरहित बनाउन सबै सुरक्षा निकायबीच आपसी समन्वय सुदृढ गर्न निर्देशन दिए । बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्