Logo
Logo

नेताको पैसा खाँदा पाप लाग्दैन, गलत मान्छेलाई भोट हाल्दा लाग्छ : रवि


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने‍’ टिप्पणी गरेका छन् । आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला । पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला,’ उनले भने, ‘कसैले दिए भने लिए हुन्छ, किनकि त्यो हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदो पाप लाग्दैन । तर, गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्