
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै प्रसाईंको हकमा आदेश गरेको थियो ।
उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।
उनलाई मंगलबार नै छोड्न आदेश जारी भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि उनी आजमात्रै हिरासत मुक्त भएका हुन् ।











