Logo
Logo

बागलुङ-२ का प्रलोपाको उम्मेदवारी निष्क्रिय, कांग्रेस उम्मेदवारलाई सघाउने घोषणा


378
Shares

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।

बुधबार ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले कांग्रेसका उम्मेदवार पौडेललाई समर्थनको घोषणा गरेका छन् ।

पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले सघाउने बताउँदै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका थिए ।

नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय कुँवर पछिल्लो समय प्रलोपामा सक्रिय थिए । आफ्नो उम्मेदवारी कायम रहँदा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउने देखेपछि पौडेललाई सघाउने निर्णयमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्