काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अब आफू कम बोल्ने र बढी काम गर्ने समय आएको बताएका छन् ।

बुधबार महोत्तरीको बर्दिवासमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले राजनीतिक भाषणभन्दा परिणाममुखी काममा केन्द्रित हुने संकेत गरे ।
“म धेरैबेर बोल्दिनँ, किनभने अब बोल्नेभन्दा गर्ने दिन आइसकेको छ,” लामिछानेले भने, “अब कति दिन बाँकी छ र साथीहरू, काम गर्ने समय नजिकिँदैछ ।”
सभामा उनले जनताका अपेक्षाअनुसार काम गर्ने सरकार गठन हुने दाबी पनि गरे । “जनताको सरकारका लागि तपाईँहरू तयार हुनुहुन्छ कि छैन रु यत्ति मात्र बताउनुहोला,” उनले समर्थकहरूलाई सम्बोधन गर्दै भने ।
यसपटकको निर्वाचनलाई ‘इतिहास लेख्ने अवसर’को रूपमा प्रस्तुत गर्दै लामिछानेले समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरूलाई मत दिन आग्रह गरे ।











