
काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई ५ बुँदे सर्कुलर जारी गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे उनले सबै कमिटी इन्चार्ज र अध्यक्षका नाममा आकस्मिक सर्कुलर जारी गरेका हुन् ।
सुर्कलरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिकतर्फका उम्मेदवारहरू निर्वाचनसम्म आआफ्नो कार्यक्षेत्रमा अझ तदारुकताका साथ प्रचार–प्रसारमा लाग्ने भनिएको छ ।
त्यस्तै अस्थायी बसोबास, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्ने जिल्ला बाहिर रहेका पार्टीका सबै सदस्यहरूलाई मतदान गर्न आआफ्नो जिल्लामा फर्किनका लागि सूचित गर्न भूसालले भनेका छन् ।
आ–आफ्नो क्षेत्रका गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ ।











