Logo
Logo

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा


252
Shares

काठमाडौं । एनसेलले पोखराको सिर्जना चोकमा आफ्नो एनसेल सेन्टर पुनः संचालनमा ल्याएको छ । जेनजी आन्दोलनका बेलामा तोडफोड भएपछि बन्द रहेको सेन्टर मर्मतसंभार पश्चात बिहीबारबाट पुनःसञ्चालनमा ल्याईएको हो ।

एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवाहरु एक तल्लामाथि रहेको कार्यलयबाट प्रदान गर्दै आएको थियो ।

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकहरुलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं,’ दाहालले भनिन् । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको हो ।

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्