Logo
Logo

चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ


63
Shares

काठमाडौं । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको छन् ।

उनलाई सोमबार साँझ चन्द्रागिरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रहरीका अनुसार ज्योतिष अधिकारीले ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भन्दै बोलेका थिए । उनलाई अहिले परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्