Logo
Logo

मध्यपूर्वको तनावले इन्धन अभाव हुने त्रास, पेट्रोल पम्पमा भीड


0
Shares

काठमाडौं । काठमाडौं उपत्याकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।

आइतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरुले व्यवस्थापन गरेका थिए ।

पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ । नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरु भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्