Logo
Logo

पर्सा-२ का उम्मेदवार सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ


756
Shares

काठमाडौं । पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शङ्कास्पद वस्तु फेला परेपछि उनलाई नियन्त्रणमा लिएको छ ।

बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा१०च १२५० नम्बरको रातो कार जाँच गर्दा बमजस्तो देखिने चार पोका शङ्कास्पद वस्तु फेला पारेको हो । प्रहरीका अनुसार प्रारम्भिक जाँचअनुसार ती वस्तु विस्फोटक पदार्थ रहेको देखिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडी नेपाली सेनाको नियन्त्रणमा रहेको छ भने व्यक्तिहरू प्रहरीको निगरानीमा राखिएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्