Logo
Logo

सर्लाही ३ का रास्वपा उम्मेदवार कलवार पनि कालो सूचीमा


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ ।

०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए ।

कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको पाइएको हो । जुन अद्यावधिक कायम छ । उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको८९६३५नम्बरमा छ ।

सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहे नरहेको विषयमा अनुसन्धान भइरहेको बताए ।

यद्यपी, कलवारको विषयमा अहिलेसम्म आयोगमा उजुरी नपरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यसअघि आयोगले कालोसूचीमा रहेका धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्