Logo
Logo

डोल्पामा खटिएका ५ निर्वाचन कर्मचारी बिरामी, सेनाको हेलिकप्टरमार्फत उद्धार


567
Shares

काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु बिरामी परेपछि उद्धार गरिएको छ ।

चिसो मौसम र अक्सिजनको कमीका कारण पाँच जना कर्मचारी बिरामी परेपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत केहि बेरअघि उद्दार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरलालाई लेक लागे सँगै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उद्धार पश्चात उनीहरुलाई जिल्ला अस्पताल डोल्पामा उपचारको लागि पठाइएको समेत प्रशासनले जानकारी दिएको छ ।
उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दुरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पु¥याउन कठिनाइ भएपछि उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्