बुटवल । बुटवलको एक होटेलमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । रुपन्देही-२ का रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालय रहेको बुटवल इट्टाभट्टीस्थित नमोबद्ध होटलमा मौन अवधि र निर्वाचन आचारसंहिता गाडी र रास्वपा नेता कार्यकर्ता देखेपछि एमालेका युवा कार्यकर्ताहरूले होटलभित्र प्रवेश गरेका थिए । सो क्रममा झडप भएको हो ।

एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले मौन अवधि लागू भएको अवस्थामा निर्वाचन आचार संहिता विपरीतका गतिविधि देखेपछि पार्टीका युवाहरूले निगरानी गर्ने क्रममा विवाद भएर सामान्य झडप भएको बताए ।
झडपमा एमाले छाडेर केही समय अघि रास्वपा प्रवेश गरेका सैनामैनाका पुर्व मेयर चित्रबहादुर कार्की, रास्वपा बुटवल ११ का सभापति सुनिल शाही लगायतका व्यक्ति सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता कृष्ण कुमार चन्दले रास्वपा र एमालेका कार्यकताबीच केही बरे झगडा भएको जनाएका छन् । युवा सङ्घ रुपन्देहीका अध्यक्ष कृष्ण कुमालले भने रास्वपा नेताहरूले सुकुम्बासी बस्तीमा पुगेर पैसा बाँड्ने सूचना पाएर पिछा गर्दा रास्वपा नेताहरू होटलभित्र गएका र आफूहरू पनि के रहेछ रु भनेर बुझ्न जाँदा आचारसंहिता विपरित शंकास्पद गतिविधि देखेपछि प्रतिवाद गरेको बताएका छन् ।
रास्वपा उम्मेदवार खरेलले सहानुभूति बटुल्न आफूमाथि आक्रमण प्रयास भएको झुठो प्रचार गरेको कुमालले बताए । रुपन्देही९२ मा नेकपा एमालेका पार्टी उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेलबीच मुख्य प्रतिस्पर्धा छ ।











