Logo
Logo

दिउसो १ बजेसम्म २४ प्रतिशत मतदान


504
Shares

काठमाडौं । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: Vote1772694628.jpg

आयोगले दिउँसो १ बजेसम्म देशभर करिब २४ प्रतिशत मतदान भएको जानकारी दिएको छ । देशभर ४४ लाख ५५ हजार ७९० मत खसेको छ ।

अहिलेसम्म बागमती प्रदेशमा १९ प्रतिशत, कर्णाली प्रदेशमा ३१ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत, सुदूरपश्चिममा २५ प्रतिशत, कोशी प्रदेशमा २३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा सबै भन्दा बढी ४१ प्रतिशत मतदान भएको छ ।

यस निर्वाचनमा देशभर ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्