
काठमाडौं । रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
भोट हाल्न लाइन बसिरहेका बेला राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो।
उनी बैरिया अनाथालय मतदान स्थलमा बस्ने महमद आसिकको नाममा मत हाल्न लाइन बसिरहेका थिए।
उनी लाइन बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय राजपुरमा पठाइएको छ।











