
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले प्रधानमन्त्रीप्रति आभार दर्शाएका हुन् । उनले सुशीलालाई ‘आमा’ सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढालेपछि सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आज शान्तिपूर्ण रुपमा मतदान सकिएसँगै बालेनले कार्कीलाई आभार व्यक्त गरेका हुन् ।











