Logo
Logo

प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो : आयोग


630
Shares

काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनबारे विवरण दिएका छन् । उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न भएको मतदानमा ६० प्रतिशत मतदान भएको बताएका छन् ।

भण्डारीका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ। केही मतदान केन्द्रमा अहिले पनि मत खस्ने प्रक्रिया जारी रहेको उनले बताए । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित भएको रिपोर्ट दिएका उनले बताए ।

‘मतगणनास्थलमा मतपेटिका आएपछि गणना थालिनेछ । हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गरिने योजना छ’, उनले भने ।

तोकिएको मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रक्रिया सफल भएको भण्डारीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्