Logo
Logo

शिवम् सिमेन्ट्सको पाँचौँ साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ कात्तिक । शिवम् सिमिन्ट्स लिमिटेडको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडको आव २०७६/७७ को वार्षिक साधारणसभा कात्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय अनामनगर काठमाडौंको सभाहल तथा जुम वेविनार अनलाइन मिटिङमार्फत समेत सहभागिता जनाइ सम्पन्न गरेको हो ।

कम्पनीे सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आव २०७६/७७ को वार्षिक प्रतिवेदनउपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्तिलगायतका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित गर्ने निर्णय गर्दै पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीको सक्रियतापूर्वक सहभागिता थियो । उक्त सभामा शेयरधनीले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासालाई सञ्चालक समितिको तर्फबाट अध्यक्षले जवाफ प्रस्तुत गरेका थिए ।

सहभागी शेयरधनीले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै जुम वेविनार अनलाइन मिटिङमार्फतसमेत सहभागी गराई साधारणसभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको साथै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्नेलगायतका शुभकामना मन्तव्य राखेका थिए । सहभागी शेयर धनीको सल्लाह, सुझाव तथा शुभेक्षाले कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले बताए ।

कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं वार्षिक साधारणसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सबै शेयरधनी महानुभावलगायतका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्