Logo
Logo

मोडलसँग प्रहरीको रोमान्स, जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता


काठमडौं, २५ कात्तिक । समाजलाई सभ्यता सिकाउने एक प्रहरी आफैं असभ्य काममा लागेपछि उनको जागिर संकटमा परेको छ । एक प्रहरीले पोर्न फिल्म खेलेको अभियोगमा उनी निलम्बनमा परेका छन् ।

परी तामाङ नामक विवादास्पद मोडलसँगको रोमान्सले प्रहरी जवान पृथे तामाङ संकटमा परेका हुन् । तामाङसँग उनले एक छोटो चलचित्रमा अभियन गरेका थिए । जसमा किस खाएको तथा बेड सिन समाबेश छन् । युट्युबबाट पैसा कमाउने उदेश्यले बनाइएको त्यो फिल्मबारे उजुरी परेपछि तामाङ निलम्बनमा परेका हुन् ।

उनी महानगरीय प्रहरी वृत्त बानेश्वरमा कार्यरत थिए । केही डिएसपीले घुुमवाका रुपमा समेत उनलाई राखेका थिए । काठमाडौं परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको निर्देशनमा उनलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ । जवान तामाङले सो सामान्य किमिसको चलचित्र भएको र त्यसमा अनुमति नलिई अभिनय गर्नु आफ्नो गल्ती भएको बताएका छन् । काठमाडौं परिसरले परी तामाङलाई पनि बोलाएर बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्