Logo
Logo

नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ : राष्ट्रपति पौडेल


378
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: rastpati.jpg

मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए ।

उनले भने, ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु ।’

उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए । 

ऐतिहासिक रूपमा केही समुदाय-विशेषत: मधेसी समुदाय-राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्