जबर्जस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ


Published On : 12 November, 2020

गाईघाट, २७ कात्तिक । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् ।

प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले २०६४ साल जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो । गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहलले बताए ।

इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गोप्य सूचनाका आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबार नै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्