Logo
Logo

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु


567
Shares

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराति लु.२ ख ४५ २ध्५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, र्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन् ।

बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गर्दा खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको पाल्पाका डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्