Logo
Logo

इनिसा विक हत्याको विरोधमा अमेरिकामा पनि प्रदर्शन


378
Shares

काठमाडौं । इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकामा पनि प्रदर्शन भएको छ ।

अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र सामाजिक अभियन्ताहरूले न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सो क्रममा विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो । सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी इनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्