काठमाडौं । कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् ।

वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा-९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेको हुन् । घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











