Logo
Logo

नेविसंघ अब काँग्रेसको ‘शुभेच्छुक’ संगठन, विधान र नेतृत्व आफैं छान्ने


441
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली काँग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरेका हुन् ।

सभापति शेर्पाका अनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ । उनले एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गरे ।

उनले भने, ‘हामी नेपाली काँग्रेसको विचार, बीपी कोईरालाको लोकतान्त्रिक समाजवाद र पार्टीको आदर्शप्रति पूर्ण प्रतिवद्ध छौं, तर हरेक साना निर्णयका लागि पार्टी नेतृत्वको मुख ताक्ने अवस्था अब अन्त्य हुनुपर्छ हामी पार्टीभित्र एउटा ‘वाच–डग’ र सरकारको रचनात्मक प्रतिपक्षको रूपमा उभिन चाहन्छौं ।’

यो निर्णयलाई उनले ‘सेपरेसन’ भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’ को रूपमा बुझ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्