Logo
Logo

नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्छ : देवराज चालिसे


378
Shares

काठमाडौं । कांग्रेसले पार्टीको भ्रातृ सङ्गठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने चेतावनी दिएको छ ।

The current image has no alternative text. The file name is: chalise.jpg

सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले पार्टीको विधानमै व्यवस्था भएका संस्थाले ‘म अलग भएँ’ भन्नु अराजनीतिक र अवैधानिक रहेको बताएका छन् । 

उनले लोकतान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया राख्न पाइए पनि ती विषय विधानभित्र रहेर हुनुपर्ने सबैले सदस्य र समर्थकले ख्याल गर्नुपर्ने बताएका छन् । 

चालिसेले भने, ‘नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घलगायत भ्रातृ संस्थाहरू पार्टीको विधानमै व्यवस्था भएका संस्थाहरू हुन् । नेपाली कांग्रेसले निर्माण गरेका संस्थाले म अलग भएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ रु त्यो भन्ने मान्छेले बुझ्नुपर्ने कुरा हो र गर्ने मान्छेले बुझ्नुपर्ने कुरा हो ।’

पार्टी बैठकमा यो विषयले प्रवेश पाएको भन्दै उनले भने, ‘यो पार्टीभित्रको अनुशासन र मर्यादाको विषय पनि बन्न सक्छ । सबै दृष्टिकोणले यो लक्ष्मण रेखाभन्दा बाहिरको विषय भयो ।’

सिनेटको निर्णय नमान्ने र अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको माग लिएर नेविसंघको एक टोली सानेपा पुगेको थियो । ज्ञापन पत्र बुझ्दै महामन्त्री गुरुराज घिमिरेले नेविसंघलाई अलग राख्दा नेपालको इतिहास नै अधुरो रहने भन्दै भ्रातृ संस्था रहनेरनरहने विषय पार्टीको क्षेत्राधिकारभित्र रहेको बताएका थिए । उनले यो विषयमा ढिला नगरी भ्रातृ संस्थाहरूका विषयमा संस्थागत निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्