Logo
Logo

एमाले सुदूरपश्चिम संसदीय दलका नेताको कार्यालयमा तालाबन्दी


504
Shares

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ ।

The current image has no alternative text. The file name is: talabandi.jpg

पूर्व मुख्यमन्त्री समेत रहेका रावलको प्रदेश सभास्थित दलको कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा सङ्घ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो ।

युवा सङ्घले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेको भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्