Logo
Logo

प्रदेश प्रहरी कार्यालयको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कात्तिक । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको परिसरमा नवनिर्मीत बहुउद्देश्यीय भवनको हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा आज उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि महतले उक्त भवन निर्माणकार्यमा सहयोग गर्ने विभिन्न शुवेच्छुक महानुभावलाई कदरपत्र प्रदान गर्नुका साथै निर्माण कार्यमा खटिने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरेका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका, विभिन्न शुभेच्छुक महानुभाव र प्रहरीको आन्तरिक स्रोत तथा श्रमदानबाट रु एक करोड एक लाख ४८ हजार २५९ बराबरको लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भएको हो । प्रहरीका आन्तरिक सभा, सम्मेलन तथा प्रशिक्षण गतिविधि सञ्चालन गर्ने र व्यामशाला, व्याडमिण्टन, टेबलटेनिसलगायतका खेलकुद कार्यक्रमसमेत सञ्चालन गर्ने अभिप्रायका साथ २०७७ साल साउन १५ गते प्रदेश प्रहरी प्रमुखबाट शिलान्यास भई निर्माणकार्य शुरुवात गरिएको उक्त भवन १०० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी जनशक्तिको श्रमदानबाट उक्त भवन ९४ दिनमै सम्पन्न गरिएको छ । निर्माणकार्यका लागि प्राप्त विभिन्न सहयोगलाई पारदर्शी र व्यवस्थित बनाउन प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोकत्वमा भनव निर्माण समिति गठन गरेको थियो । उक्त कार्यक्रममा भवन निर्माणसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रहरी नायब उपरीक्षक बस्नेतले पेश गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले मन्तब्य राख्दै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकबाट प्रमुख अतिथि, अतिथिलगायत उपस्थित सम्पूर्ण महानुभावलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि महत, निर्माण कार्यमा सहयोग गर्ने स्थानीय शुभेच्छुक, सञ्चारकर्मीलगायत प्रहरी कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्