Logo
Logo

देउवा समूहको बैठक बस्दै, छलफलका लागि तीन एजेन्डा तय


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पूर्भसभापति शेरबहादुर देउवा समूहको बैठक आज बस्दैछ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठक धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजे बस्ने भएको हो ।

आजबाट सुरु हुने दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी २८–३१ बैशाखमा १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो । खड्काले यो बैठकपछि १९ चैतमा देउवा पक्षीय जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन ।

प्रतिक्रिया दिनुहोस्