Logo
Logo

मधेश केन्द्रित नेताहरूसँग रविले बढाए संवाद


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् ।

उनले आज (मंगलबार) बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहलाई निवासमै बोलाएर छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

ठाकुरसँगको भेटमा वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।

प्रभु साहसँगको करिब करिब २० मिनेटको भेटमा पनि लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए ।

प्रभु साहका अनुसार देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवैपक्ष सहमत भएका छन् ।

यसका अलावा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई कसरी हेर्ने ? अबको राजनीति कसरी अगाडि बढ्छ ? भन्ने विषयमा पनि छलफल भएको साहले जानकारी दिए ।

भेटमा सभापति लामिछानेले सरकार सबैको हो र सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्न चाहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्