Logo
Logo

डीपीलाई राजनीतिक सम्मान दिनेहरुप्रति रविले दिए धन्यवाद


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने ।

रविको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन् । शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपी आजको बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्