Logo
Logo

शनिवार बोलाइएको क्यानको बोर्ड बैठक नबसी स्थगित, अर्को बैठक सोमबार बस्ने


189
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को शनिवार तय गरिएको बोर्ड बैठक नबसी स्थगित भएको छ । बोर्ड बैठकमा उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित भएको हो । 

The current image has no alternative text. The file name is: can-cricket.gif

नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउनेहरूमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए । क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै सो पक्षले शनिवारको बोर्ड बैठक बहिष्कार गरेको हो । 

बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रूपमा थिए । शनिवार स्थगित भएपछि बोर्ड बैठक सोमबार बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्