काठमाडौं । शङ्कर ग्रुपका अध्यक्ष शङ्कर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले आइतबार अग्रवाललाई बयानपछि छोडेको हो ।

बयानको काम सकिएसँगै अग्रवाललाई छोडिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए ।
विभागले छोरा सुलभ अग्रवालको विषयमा बुझ्न शङ्कर अग्रवालसँग बयान लिन हिरासतमा लिएको जनाएको छ ।











