Logo
Logo

प्रधानमन्त्री ओलीले बुझ्नुपर्ने कुरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद हुनुको कुनै कारण बाहिरबाट हेर्दा देखिँदैन । किनभने, पार्टी एकता गर्दादेखि अहिलेसम्म दुवै अध्यक्ष मिलेर अगाडि बढेको जस्तो देखिन्छ । तर, पार्टी एकतालाई नै धरापमा पार्ने गरी ओली–प्रचण्डबीच फुट ल्याउने काममा ओली निकटकै नेता, सल्लाहकारहरु लागेका छन् । यो कुरा ओलीले बुझेर पनि बुझ पचाएकै कारण पार्टी एकता बीचमै भंग हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।

ओली पार्टी विधि, विधान र पद्धति उल्लंघन गर्ने नेता पनि होइनन्, उनलाई विधि, पद्धति पनि सिकाइरहनु पर्दैन । तर, उनी अहिले यस्तो अवस्थामा पुगेका छन्– कार्यकारी अध्यक्ष प्रचण्डले लिखितपत्र बुझाएर पार्टीको विधि, विधान सम्झाउनुपर्ने अवस्था आएको छ । प्रचण्डलाई पत्र लेख्ने अवस्थासम्म पु¥याउन के कुराले बाध्य बनायो र त्यसको लिखित जवाफ फर्काउनु पर्नेसम्मको अवस्थामा ओलीलाई कसले पु¥यायो भन्ने कुरा नखोजी नेकपाभित्रको यो विवाद समाधान हुने देखिन्न । एक क्षणलाई मानौं, ओली प्रचण्डको ठाउँमा भएको भए के गर्थे  ?

पछिल्लोपटक माओवादीसँग पार्टी एकता गरेर त्यसको एक नम्बर अध्यक्ष र दोस्रोपटक पार्टी एकताकै बलमा प्रधानमन्त्री बनेका ओलीको यो अन्तिम राजनीतिक यात्रा हो । ओली स्वयंले पार्टी अध्यक्ष बन्ने भए महाधिवेशन कुर्नुस्, प्रधानमन्त्री बन्ने भए निर्वाचनसम्म कुर्नुस् भनेर नेता, कार्यकर्तालाई भन्दै आएका पनि छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनको शिखरमा पुगेका ओलीले अब सफल राजनेता भएर ‘सुखी नेपाली, समृद्ध नेपाल’को बाटोमा देशलाई डोहो¥याउनुपर्छ । पार्टीभित्रका अन्तरकलहलाई समाधान गर्ने पहल गर्नुपर्छ । अन्य कम्युनिष्ट पार्टीलाई पनि मूलधारमा ल्याएर पुष्पलाल, मदन भण्डारी, मनमोहनभन्दा पनि ओली महान् बन्नुपर्छ । ओलीको भलो चाहने इमान्दार नेता, कार्यकर्ताले यही कुरालाई जोड दिँदै पनि आएका छन् । तर पनि ओलीलाई सत्ता वरपर बस्नेहरुले किन असफल बनाउन चाहेका छन् भन्ने कुरा ओलीले नबुझेसम्म अरुले बुझेर काम छैन । ओली पार्टी विधि, विधान र पद्धति उल्लंघन गर्ने नेता पनि होइनन्, उनलाई विधि, पद्धति पनि सिकाइरहनु पर्दैन । तर, उनी अहिले यस्तो अवस्थामा पुगेका छन्– कार्यकारी अध्यक्ष प्रचण्डले लिखितपत्र बुझाएर पार्टीको विधि, विधान सम्झाउनुपर्ने अवस्था आएको छ । प्रचण्डलाई पत्र लेख्ने अवस्थासम्म पु¥याउन के कुराले बाध्य बनायो र त्यसको लिखित जवाफ फर्काउनु पर्नेसम्मको अवस्थामा ओलीलाई कसले पु¥यायो भन्ने कुरा नखोजी नेकपात्रिको यो विवाद समाधान हुने देखिन्न । एक क्षणलाई मानौं, ओली प्रचण्डको ठाउँमा भएको भए के गर्थे ?

खुमलटार पुगेर एउटा कुरा, कोटेश्वर पुगेर अर्को कुरा र बालुवाटार फर्केर पूरै उल्टो कुरा गर्ने ओली निकट नेताहरुबाट ओली बच्नुपर्छ । तिनैलाई बालुवाटार आफू वरपर राखेर ओलीले समाधान निकाल्न सक्दैनन् । किनभने, बालुवाटारमा बसेर ओलीलाई असफल बनाउन खोज्नेहरुको आ–आफ्नै स्वार्थ छ । ओली असफल हुनासाथ तिनीहरु फेरि प्रचण्ड, माधव नेपाल निकट पुग्नेछन् । यो कुरा ओलीले समयमै बुझ्न सके पार्टी एकता कसैले टुटाउन सक्ने छैन । धमिराहरुबाट पार्टीलाई जोगाउन पनि सबैभन्दा पहिला ओलीको कार्यशैली परिवर्तन हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्