काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया विकले सामाजिक सञ्जाललाई नियमन गर्न माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै सांसद विकले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराउँदै अहिले उनीमाथि साइबर आक्रमण भएको बताएकी थिइन् ।

उनले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भन्दै नारा-जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएकोप्रति संसद् र सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले सामाजिक सञ्जालले प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भन्ने समेत निर्धारण गरिरहेको बताउँदै सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर्न माग गरेकी थिइन् । सांसद विकले ओली र रमेश लेखकलाई तुरुन्त रिहाइ गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरेकी थिइन् ।











