Logo
Logo

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद नथप्न परमादेश


1.4k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारका नाममा परमादेश जारी गरेको हो ।

जिल्ला अदालत, काठमाडौँले तेस्रो पटक आइतबार पाँच दिनको म्याद दिएको छ। शनिबारदेखि लागू हुने गरी थपिएको म्याद बुधबार सकिँदै छ।

त्यसभित्र मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र हुन नसकेमा त्यसपश्चात जे जो गर्नु पर्ने हो गराउनु भनि सरकारका नाममा सर्वोच्चले परमादेश जारी गरेको हो।

उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्