Logo
Logo

विद्युत् प्राधिकरण सप्तरी वितरण केन्द्रका प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ


441
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ ।

दासलाई कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका९१ सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्