Logo
Logo

नेपालको विकासमा चीनको निरन्तर सहयोग रहन्छ : चिनियाँ राजदूत


504
Shares

काठमाडौं ।  नेपालका लागि चीनका राजदूत झाङ माओमिङले नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने बताएका छन् । 

आज मङ्गलवार परराष्ट्र मन्त्रालय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा उनले नेपालको विकासमा चिनको निरन्तर सहयोग रहने बताएका हुन् ।  भेटमा राजदूत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना समेत दिए ।  

भेटका क्रममा नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा विस्तृत छलफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्