काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना अभद्र व्यवहार गरेको र धाकमम्की दिएको आरोपमा पक्राउ परेका छन् ।

तिमिल्सिनालाई मङ्गलवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । उनीविरुद्ध पूर्वमिस खड्गीले उजुरी दिएकी थिइन् ।
तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकमम्की दिएको भन्दै खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन् । खड्गीको उजुरीपछि सोमबार प्रहरीले दुवै पक्षलाई बोलाएर विवाद टुङ्ग्याउने प्रयास गरेको थियो ।
छलफलबाट विवाद समाधान नभएपछि मङ्गलवार प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ । तिमिल्सिना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










