
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । आज बसेको संसद बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन चैत २७ गते हुने जानकारी गराएका हुन् ।
उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।










