Logo
Logo

सिटिजन्स बैंकको वार्षिक साधारणसभा मंसिर २० मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आगामी मंसिर २० गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन चौधौं वार्षिक साधारणसभा डाकेको हो ।

कार्तिक २८ गते बसेको सञ्चालक समितिको ३४७औं बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्ममार्फत चौधौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । बैंक संचालक समितिले सेयरधनीलाई ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) प्रस्ताव गरेको थियो ।

बैंकले १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्