Logo
Logo

पत्नी हत्या आरोपी भण्डारी कारागार चलान


- दृष्टि न्युज/संवाददाता


झापा, ५ मंसिर । डेढ महिनाअघि श्रीमती मनमाया भण्डारीको हत्या गरेको अभियोगमा गौरादह नगरपालिका वडा नं. १ का ६४ वर्षीय भीमबहादुर भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले अभियुक्त भण्डारीलाई बिहीवार कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । गौरादहस्थित आफ्नै घरभित्र ६५ वर्षीया मनमाया भण्डारीलाई गत असोज १० गते दिउँसो साढे चार बजेतिर मृत अवस्थामा फेला पारिएको थियो । मृतककै पति भीमबहादुरले छरछिमेकी र प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

प्रहरीले मृतकको पोस्टमार्टम जाँचको रिपोर्ट, घटनाको प्रकृति, छरछिमेकीको वयान लगायतका अनुसन्धानबाट हत्या भएको समयमा मृतकका पति भीमबहादुर भण्डारी सँगै रहेको जनाएको छ । अभियुक्त भण्डारीलाई प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्