Logo
Logo

लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी र सोहीजिल्लाको टोखा–३ टोखामा रहेका छन् ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२४ शाखा, सात एक्स्टेन्सन काउण्टर, पाँच हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्