Logo
Logo

एनआईबीएल एस क्यापिटल माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रार नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेजलगायतको शेयरसँग सम्बन्धित सवै काम गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

२०७७ मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी र एनआइबिएल एस क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएकामा सोही मितिबाट उक्त सम्झौता लागू हुने समेत जनाइएको छ । अब उक्त शेयर बाँडफाँट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरणपश्चात बाँडफाँटमा परेका शेयरधनीको शेयर हितग्राही खातामा जम्मा गर्नेलगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण काम एनआइबिएल एस क्यापिटल लिमिटेडबाट हुने जनाइएको छ ।

उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्