Logo
Logo

एनएलजी इन्स्योरेन्स चौधौँ साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा २०७७ मंसिर ५ गते वेबिनारमार्फत केन्द्रीय कार्यालय काठमाडौँमा सम्पन्न भयो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५ साउन १ देखि २०७६ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलगायत अन्य विषयसूचीहरुउपर छलफल भई पारित गर्ने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आव २०७५/७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारीपश्चात कायम भएको चुक्ता पूँजी रु एक अर्ब दुई करोड ४६ लाख ५० हजारको ७ प्रतिशका दरले हुन आउने रकम रु सात करोड १७ लाख २५ हजार ५०० बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पूँजीको ०.३७ प्रतिशतका दरले हुन आउने रकम रु .३७ लाख ७५ हजार २६ नगद लाभांश प्रदान गर्ने जानकारी गराउनु भयो ।

समूह ‘ख’ को शेयर सहज बिक्री वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको न्यूनतम ५१ प्रतिशत हुनुपर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरी शेयरधनी समूह ‘ख’ मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह ‘क’ मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरी मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने जानकारी गराए ।

कम्पनीको आव २०७५/७६ को वित्तीय विवरणअनुसार कुल बीमा शुल्क आम्दानी १६६ करोड ६० लाख, खुद बीमा शुल्क आम्दानी रु. ७० करोड १७ लाख र खुद नाफा रु. २० करोड २४ लाख रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले वृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाख पुगेको छ ।

आव २०७५/७६ मा कम्पनीको कूल कारोबार गत आवकोे तुलनामा १०.७१ प्रतिशतले वृद्धि भई, रु १६६.६० करोड बीमा शुल्क आर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर वृद्धिमा छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाइमा गर्दै आइरहेको र बीमालाई बढीभन्दा बढी ग्राहकहरुसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिँदै आइरहेको जनाएको छ ।

कम्पनीले संस्थागत नागरिकको हैसियतले विभिन्न सामाजिक कार्यहरुका लागि सहयोग गर्दै आइरहेको छ । आव २०७५/७६ मा कम्पनीले नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डट कम प्रतिष्ठानलाई साहित्यिक पुस्तक प्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्