Logo
Logo

बेसहारा बालकको बोलन्या थलीद्वारा उद्धार


- दृष्टि न्युज/संवाददाता


बाजुरा, ८ मंसिर । बोलन्या थली युनिट बाजुराका सहसंयोजक पारस रावलको पहलमा एक जना सहाराविहीन बालकको उद्धार गरिएको छ । सानै उमेरमा बुवा गुमाएका बुढीगंगा नगरपालिका–१० का ९ वर्षीय हिमाल विकको उद्धार गरिएको हो । बुबाको मृत्यु र आमा दीर्घरोगी भई थला परेपछि घरमा सहारा दिने कोही नहँुदा विकलाई उद्धार गरिएको बोलन्या थली युनिट बाजुरा सहसंयोजक रावलले बताए ।

गिट्टी कुटेर आफू र आफ्नो आमाको जीविकोपार्जन गरिरहेका विकलाई बाजुराबाट बोदलन्या थलीका सहसंयोजक रावल, महिला तथा बालबालिका सेवा केन्द्र अत्तरियाका अध्यक्ष जानकी मलासी र बोलन्या थली युनिटीका केन्द्रीय अध्यक्ष यादव जोशीको सयुक्त सहयोगमा उद्धार गरी आइतबार कैलालीको अत्तरियामा रहको महिला तथा बालबालिका सेवा केन्द्रलाई जिम्मा लगाइएको सहसंयोजक रावलले जानकारी दिए ।

बोलन्या थलीका बाजुरा युनिट सहसंयोजक रावलले नै बालकलाई धनगढी पु¥याएका हुन् । अहिले बालक विकलाई कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको जिम्मा लगाएको बोलन्या थलीका संयोजक यादव जोशीले बताएका छन् । बोलन्या थली सुदूरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आइरहेको गैर नाफामूलक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्